धरान : धरान-१६ मा रहेको शारदा बालिका नमुना माविमा शुक्रवार भएको बालिका सिङ्गिङ स्टार-२०७७,सिजन १ को दोस्रो अडिसनबाट उत्कृष्ट १० जना प्रतियोगीहरू फाइनलमा प्रवेश गरेका छन्।

विद्यालयमा रहेको ज्योतिपुन्ज बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा २० जना सहभागीहरूमध्ये १० जना फाइनलका लागि छनोट भएका छन्।

छनोट हुनेहरूमा अरुणा सुनुवार, भिषण लिम्बू, हेमा राई, एसिका राई, अजुमा राई,निशा राई,मनीषा राई,मेनुका खड्का, झर्ना लिम्बू र निशा तामाङ रहेका छन्।

प्रतियोगितामा विद्यालयका कक्षा-६ देखि कक्षा-१२ सम्म अध्ययनरत छात्राहरू सहभागी रहेको विद्यालयले जनाएको छ। ग्राण्ड फिनाले आगामी माघ-३० गते शुक्रवार हुने क्लबका संरक्षक एवम् शिक्षक पदम लुइँटेलले जानकारी दिए।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः : ५ हजार, ३ हजार र २ हजार नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने शिक्षक लुइँटेलले जानकारी दिए।

त्यस्तै अन्य ७ जना प्रतियोगीहरूलाई पनि प्रोत्साहन स्वरूप वेस्ट पर्फमेन्स, वेस्ट भोकल, वेस्ट पब्लिक चोइस,वेस्ट डिस्सिप्लिन, वेस्ट एक्टिभ, वेस्ट ओबिडियन्ट र वेस्ट हार्डवर्किङको सब टाइटल प्रदान गरिने विद्यालयले जनाएको छ।प्रतियोगीताका निर्णायकहरूमा पुर्वान्चल बागिना कला केन्द्र धरानका अध्यक्ष भक्तिराज राई र गायिका हर्षु राई रहेका थिए।

बिद्यार्थीहरुका गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले सिङ्गिङ स्टारको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक इन्द्र राईले बताए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।अतिथिहरूमा १६ नम्बर वडाका वडा सदस्य सुरेश कुमार श्रेष्ठ, मङ्गल तामाङ लगायत रहेका थिए।

कार्यक्रममा निर्णायक द्वय भक्तिराज र हर्षु राईले गीत प्रस्तुत गरे।कार्यक्रमको सञ्चालन छात्राहरू रीया राई, रोजिना बिक र तुलसा राईले गरेका थिए।

Balika-singing-2