धरान : वाईवाई नेपाल स्टारका उपविजेता सन्देश बम्जन लामाले आफूलाई उपविजेता बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
धरानको वराह किचनमा बुधवार आयोजित कार्यक्रममा उपविजेता लामाले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने व्यक्ति तथा सङ्घ-संस्थालाई धन्यवाद दिएका हुन ।
कार्यक्रममा उनले जितसँगै थप जिम्मेवारीसमेत बढेको बताउँदै आफूलाई गत वर्ष माघ १७ गते अडिसन दिएर वाईवाई स्टारको यात्रा प्रारम्भ गरेका लामा माघ १७ गते नै उपविजेता बनेका छन्।
कार्यक्रमका प्रमुख अतिथि वराह ग्रुपका अध्यक्ष तथा गायक शिव लामिछानेले लामालाई बधाई दिँदै आगामी दिनमा साङ्गीतिक क्षेत्रलाई व्यावसायिक रूपमा अझै अगाडि बढाउन सुझाव समेत दिएका थिए ।
त्यस्तै 'सन्देश बम्जन लामा जिताऊँ अभियान'का संयोजक, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष तथा नेकपाका धरान नगर अध्यक्ष नारायण सुवेदीलगायतले उनलाई बधाई दिएका थिए ।
कार्यक्रमका अध्यक्ष बम्जनका बुबा पशुपती तामाङले यो जित सन्देशको मात्र नभएर सिङ्गो देश र धरानेको जित भएको बताएका थिए ।
नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् भने लक्ष्मण लिम्बू, सुरेश लामा र सन्देश लामा उपविजेता बन्न सफल भएका थिए ।
Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved