धरान : धरान आदर्श बोर्डिङ स्कुलको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ ।

एक सातासम्म चल्ने कार्यक्रममा विभिन्न खेलकुदका गतिविधि हुने विद्यालयले जनाएको छ ।

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन 'रोजगार देश विकासको आधार' विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । त्यस्तै मिनी म्याराथन समेत सम्पन्न भएको विद्यालयका एड्मिस्ट्रेटिभ डाइरेक्टर लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

वक्तृत्वकला प्रतियोगितामा श्रीकृष्ण प्रसाईँ पहिले भएका छन् । त्यस्तै रिति दास दोस्रो भए भने कृति भट्टराई तेस्रो भएकी छन् । त्यस्तै मिनी म्याराथुनको छात्र तर्फ पहिलो रिन श्रेष्ठ, दोस्रो रोहित राई र तेस्रो कुमार बस्नेत भए । छात्रा तर्फ पहिलो प्रशंसा वन, दोस्रो लीला राई र तेस्रो रोमिहा मल्ल भएका थिए ।

यसैगरी दोस्रो दिन फागुन ७ गते छात्र र छात्राहरूको छुट्टाछुट्टै गायन तथा नृत्य प्रतियोगिता हुनेछ । फागुन ८ गते कक्षा ११ को होटेल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरूलाई हाइकिङ लगिने  श्रेष्ठले जानकारी दिएका छन् ।

फागुन ९ गते छात्र र छात्राहरूको छुट्टाछुट्टै हाजिरी जवाफ प्रतियोगिता हुनेछ । फागुन १० गते कक्षा ११ र १२ को पहिलो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरिने छ र फागुन ११ गते विद्यालयको ५३ औँ वार्षिकोत्सवको अवसरमा भव्य कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रममा जित निकाल्न सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिने विद्यालयले जानकारी दिएको छ ।