धरान : धरान आदर्श बोर्डिङ स्कुलको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ ।

एक सातासम्म चल्ने कार्यक्रममा विभिन्न खेलकुदका गतिविधि भइरहेको विद्यालयले जनाएको छ । हिजो शनिवार सम्पन्न नृत्य प्रतियोगितामा विनीता क्रि पहिलो भइन भने ममता र साथीहरू दोस्रो र टासी शेर्पा तेस्रो भएका थिए ।

त्यस्तै शनिवार सम्पन्न गायन प्रतियोगितामा विवश लामिछाने र आयुष राई प्रथम भए । त्यस्तै विशाखा विक र आशिष् विक क्रमशः दोस्रो र तेस्रो भएका थिए ।

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन ‘रोजगार देश विकासको आधार’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

त्यस्तै मिनी म्याराथन समेत सम्पन्न भएको विद्यालयका प्रिन्सिपल एवं डाइरेक्टर लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।