धरान : धरानमा आज लघुकथा गोष्ठी सम्पन्न भएको छ ।

धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको कार्यालय हल सभागृहमा सम्पन्न लघुकथा प्रतियोगितामा उत्कृष्ट १४ जना प्रतियोगीहरुलाई पुरस्कृत गरिएको थियो ।

खुलातर्फ उत्कृष्ट ४ मा भोजराज श्रेष्ठ, हेनसेन याख्खा, कमल पोखरेल र विजय चालिसे रहेका थिए ।

क्याम्पस तर्फ उत्कृष्ट ५ मा पवन अधिकारी, अनुप ढुङ्गेल, युवराज अधिकारी, नरेन्द्र ढुङ्गेल, र केशव काफ्ले रहेका थिए । यसै गरी माध्यमिक विद्यालयतर्फ उत्कृष्ट ५ मा रुविना कुमारी यादव, अङ्कित ढुङ्गाना, विमला श्रेष्ठ, अप्सरा खत्री र जेनिशा श्रेष्ठ रहेका थिए ।

उत्कृष्ट सम्पूर्ण प्रतियोगीलाई जनही नगद तीन हजार र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । कार्यक्रम धरान उपमहानगर प्रमुख तिलक राईको प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो ।