इटहरी : मोरङको सुन्दरहरैचा नगरपालिकामा १ करोड २० लाखको लगानीमा पहिलो पटक 'स्ट्रेन्थ फिटनेस सेन्टर' सुरु भएको छ ।

युवा व्यवसायीहरूको संयुक्त लगानीमा नगरपालिकाका कार्यालय अगाडीको भवनमा सेन्टर सुरु भएको हो।
कफी क्लबका सञ्चालक समेत रहेका दीपक गुरुङ सहित कमल पराजुली, कृष्ण दाहाल र इन्द्र सापकोटाको १ करोड २० लाख लगानीमा स्ट्रेन्थ जिम एन्ड फिटनेस सेन्टर सञ्चालनमा आएको हो ।

मंगलबार एक कार्यक्रममा बिच सुन्दरहरैचाका मेयर शिवप्रसाद ढकाल तथा सन् २०१६ का धर्मश्री विजेता अर्जुन बर्णवालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

इटहरी पूर्व र उर्लाबारी देखी पश्चिमको क्षेत्रको लागी स्ट्रेन्थ नै पहिलो फिटनेस सेन्टर हो। समाज परिवर्तनको बाहक मानिएका युवाहरुनै श्वाच्छ भएनन् भने कुनै उपलब्धि नहुने भन्दै युवाहरूको स्वास्थ्यको ख्याल गर्दै फिटनेस सुरु गरिएको सञ्चालक गुरुङले बताए ।

बिहानको २ घण्टा शारीरिक व्यायाम गर्दा दिनभर ऊर्जा मिल्ने भएकाले सबै युवाहरूलाई संयुक्त रूपमा निमन्त्रणा समेत गरे। काठमाडौँ बाहिर पहिलो पटक अत्याधुनिक उपकरण सहितको फिटनेस सेन्टर खोलिएको उनले दाबी गरे ।

पछिल्लो समय किशोर तथा युवाहरू कुलतमा फस्दै गएकाले त्यसबाट मुक्ति दिलाउन समेत सेन्टर खोलिएको उनको भनाई छ । लामो समयको योजना भएकाले खेलाडी उत्पादन गर्ने उद्देश्यले काम अगाडी बढाइने उनले सुनाए । तथापि पछिल्लो समय देखा परेको कोरोनाको कारण व्यवसायमा चुनौती देखा परेको उनले बताए ।

उद्घाटन पछि बोल्दै मेयर ढकालले फिटनेस सेन्टर सुन्दरहरैचाको गहना भएको बताए । यसले युवालाई श्वाच्छ बनाउने र स्वच्छ युवाले सुन्दरहरैचाको विकासमा मद्दत पुग्ने उनको विश्वास छ ।

धर्म श्री विजेता वर्णवालले जिम हल भनेको ज्यान बनाउन मात्र नभई श्वाच्छ रहन पनि उपयुक्त रहेको तर्क गरे। मानिस स्वच्छ तन्दुरुस्त भएमा मात्र थप रचनात्मक हुने भन्दै उनले फिटनेसमा गएर केही समय भए पनि व्यायाम गर्न अनुरोध गरे।

सुन्दरहरैचाको बिराटचौक पछिल्लो समयमा तीव्र विकास भएको क्षेत्र हो। स्थानीय युवा तथा उद्यमीको प्रयासमा बिराटचौक दिनप्रतिदिन नयाँ स्वरूपमा देखा परिरहेको छ ।