धरान : अन्नपूर्ण राष्ट्रिय दैनिकमा प्रकाशित समाचार प्रति नेपाल दलित सङ्घ धरान उपमहानगर कमिटीले आपत्ति जनाएको छ। अन्नपूर्ण पोष्ट दैनिकका धरान संवाददाताको वाईलाईनमा यहीँ ज्येष्ठ ४ गते ‘सर्दुको १८२ बिघा फिर्ता’ शीर्षकको समाचारमा सङ्घले आपत्ति जनाएको हो ।

समाचारमा नेपाली काँग्रेस सुनसरी जिल्ला सदस्य किशोर राईको चरित्र हत्या गरिएकाले यस्ता कार्य गर्ने गराउने सबैलाई नाङ्गे झार पार्ने दलित सङ्घले चेतावनी दिएको छ ।

आइतबार सङ्घका धरान नगर समिति सभापति गणेश परियारद्वारा जारी विज्ञप्तिमा कसैको उक्साहटमा बिना प्रमाण पत्रकारिताको आधारभूत मान्यता विपरीत समाचार प्रकाशन भएको उल्लेख गरिएको छ।

“कसैको उक्साहटमा र आर्थिक प्रलोभनमा परि अरूको सामाजिक मानमर्दन गर्दै सामाजिक प्रतिष्ठामा आँच आउने गरी गरिएको यस्तो हर्कतको जति निन्दा गरे पनि कमी नै हुन्छ ।,” विज्ञप्तिमा भनिएको छ,

“पत्रकारितालाई गलत प्रयोग गरी समाजमा भ्रम फैल्याउने यस्तो निकृष्ट कार्य गर्ने सञ्चारमाध्यम र पत्रकारलाई हदैसम्मको कारबाहीको माग गर्दछु ।”

साथै यस्ता गलत समाचारको प्रभावमा नपर्न सर्वसाधारण लाई अपिल गरिएको छ । सोही भाषाको विज्ञप्ति मार्फत धरान फुटबल क्लबले समेत चेतावनी दिएको छ ।

क्लबका महासचिव प्रताप तामाङद्वारा जारी विज्ञप्तिमा समाचार लेख्न लगाउने र लेख्ने दुवैलाई नाङ्गे झार पार्ने उल्लेख गरिएको छ ।

DAlit-pressdfc-press