धरान : सङ्खुवासभाको मादि नगरपालिका-१ उमलिङको खोलागाउमा भएको सामूहिक हत्या प्रकरणमा संलग्नलाई आज प्रहरीले सार्वजनिक गरेको छ। सङ्खुवासभाको इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो हत्या प्रकरणमा संलग्न २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो।

सङ्खुवासभाको मादी नगरपालिका १ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको बीभत्स हत्या गरेको आरोपमा सोही ठाउँका नाताले भतिज पर्ने २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

कार्की आफैँले ६ जनाको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । कार्कीले व्यक्तिगत रिसिइबिका कारण ठुलो बुवा पर्ने तेजबहादुरलाई मारेको स्वीकारेका छन् । ठुलो बुवा तेजबहादुरले आफूलाई पटक पटक हेपेर बोली व्यवहार गरेकोले ज्यान लिएको कार्कीले स्वीकार गरेको बताइएको छ। तेजबहादुरको हत्या गर्ने क्रममा अरू सदस्यहरूले पनि देखेका कारण सबैको हत्या गरेको उनले स्वीकारेका हुन्।

कसरी भयो हत्या ?

भदौ २१ गते बिहान लोकबहादुर बिहान उठेर मात्रै के बसेका थिए । ठुलोबुवा कतै जान हिडीरहेको देखे। उनलाई के सनक चढ्यो नजिकै भएको दाउराको चिर्पट लिएर मार्न अघि बढे। उनलाई पटक पटक ठुलोबुवाले 'त बेगारी भइस्, बरालेर हिडछस' भनेर गाली गरेको रिसको कारण उनले त्यसको बदला लिन ठुलोबुवा तेजबहादुर कार्कीलाई चिर्पट प्रहार गरे।

लोकबहादुरले हिर्काउँदै गरेको देखेका तेजबहादुर कार्कीको श्रीमती मनमाया कार्कीले 'लोकेले मार्‍यो' भन्दै घटनास्थल तर्फ कराउँदै गए। उनीसँगै बुहारी रञ्जना पनि पछि पछि गइन। लोकबहादुरले दुबैलाई त्यही चिर्पटले हिर्काएर हत्या गरे।

त्यसपछि सा-साना केटाकेटी दीपक र गोमा पनि घटनास्थलतिर लागे। उनीहरूलाई पनि खेदीखेदी लोकबहादुरले निसाना बनाए। यता घरमा कुडो पकाउँदै गरेकी हजुरआमा पार्वतालाई सुरुमा भित्तामा टाउको ठोकाए र पुनः हिर्काएर मारे।

यसरी सबै जनाको हत्या गर्नुको मुख्य कारण उनीहरूले तेजबहादुरलाई हिर्काएको देखेकोले प्रमाण नष्ट गर्नेक्रममा मारेको हुनसक्ने अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीहरू बताउँछन्।

को हुन अभियुक्त लोकबहादुर कार्की ?

२५ वर्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेका थिए ।

Hatteyara-Sarbajanik

घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि वर्ष दिन नपुग्दै फर्किएर गाउँमा बस्दै आएका थिए। ६ वर्ष अगाडि मलेसिया गए पनि उनी १० महिनामा आफू विदेश जाँदाको ऋण समेत नतिरी फर्किएका थिए । त्यसको डेढ वर्षपछि पुनः वैदेशिक रोजगारीको लागि कतार पुगेर नौ महिना नपुग्दै घर फर्किएका थिए।कार्की कहिले राती घरबाट हराउने, गाउँका बेकामे केटाहरूसँग बिना काम डुलिहिँड्ने जस्ता ब्यवहार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

लोकबहादुर गत चैत २६ गते आमा बितेपछि बुवा र भाइसँग तीन जनाको परिवारमा बस्दै आएका थिए। हत्या गरिएको तेजबहादुरको घरमा उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो। उनको आमाको मृत्युको कारण पनि तेजबहादुर नै भएको लोकबहादुरले आरोप लगाउँदै आएको छिमेकीहरूले बताउने गरेका छन् ।

पाँच दिन सम्म प्रहरीसँगै थिए अभियुक्त लोकबहादुर

सोमबार बिहान गाउँमा तेजबहादुरको परिवारको शव यत्रतत्र छरिएको अवस्थामा भेटियो। शव देख्ने पहिलो व्यक्ति उनै लोकबहादुर थिए । त्यसैले घटना स्थलमा पुग्ने संचारकर्मीहरुले पहिलो शव देख्ने मान्छे खोज्थे । त्यो क्रममा उनले सन्चाकर्मीहरूलाई घटनाको विवरण बताउँदै आएका थिए। त्यति मात्रै होइन उनले प्रहरीलाई अनुसन्धानमा सघाउने नाटक पनि गरिरहेका थिए । उनी ५ दिन सम्म प्रहरीसँगै थिए ।

हत्यारा कसरी पत्ता लाग्यो ?

प्रहरीले मृतकहरूको शव मुचुल्का गरेर उठाएपछि हत्या पैसाको कारण भएको हुन सक्ने भन्दै अनुसन्धानलाई अगाडी बढायो ।

जब प्रहरी घर भित्र प्रवेश गरेर खानतलासी गर्‍यो तब प्रहरीको अनुसन्धान पैसाको कारण नभई अरु नै हुनसक्ने तर्फ सोझियो । यो क्रममा प्रहरीको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) को टोली सँगै प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी समेत घटनास्थलमा पुगेर अनुसन्धानमा जुटे ।

अपराधी पत्ता लगाउनेक्रममा नजिकैका छिमेकीको सबै घरमा प्रहरीले खान तलास गर्‍यो । यो क्रममा लोकबहादुर कार्कीको घरमा बाकसमा चिसो कपडा फेला पर्‍यो। त्यही कपडाको आधारमा लोकबहादुरलाई सोधी खोजी गर्दै लोकबहादुर माथि प्रहरीले आफ्नो अनुसन्धानलाई केन्द्रबिन्दु बनायो। अन्ततः शुक्रवार लोकबहादुरले हत्या स्वीकार गरे।

Madi-Hatya-1

लोकबहादुर प्रति स्थानीयको आक्रोश 

एकै परिवारको वंश नै नास हुने गरिएको हत्याकाण्डको हत्यारा को हो भनेर मादीवासीमा कौतुहलता थियो । अन्तिममा प्रहरीले मृतककै बडावाका नाति साइनोले भतिज पर्ने २५ वर्षीय लोकबहादुर कार्की हत्यारा साबित भएपछि स्थानीयवासीले लोकबहादुरलाई पनि मार्नु पर्ने भन्दै सर्वसाधारण र किरियामा बसेका समेत आक्रोशित भएका थिए ।कडा सुरक्षा घेरा बनाएर प्रहरीले लोकबहादुरलाई इलाका प्रहरी कार्यालय चैनपुर पुर्‍याएको थियो । 

प्रहरी अनुसन्धान प्रतिबेदन

Police-1 Police-2