धरान : गायक हिमाल सागरको स्वर, सङ्गीतमा समावेश 'एकादेशको कथा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमान्टिक भर्सनको यस गीतमा श्याम पराजुलीको शब्द रहेको छ भने सञ्जय हमालले यस गीतलाई सङ्गीत संयोजन गरेका हुन्। अमेरिकाको पिट्सबर्ग, पेन्सिलवेनियामा भिडियोको छायाङ्कन भएको हो। निर्माण टिमले जानकारी गराए अनुसार छायाङ्कन एयरपोर्ट नै २ घण्टा होल्ड गरेर गरिएको थियो।

महँगो लगानीमा निर्मित यस गीतको म्युजिक भिडियोमा वेवशायी तथा मोडल पूर्ण लम्सालको साथमा लक्ष्मी ओली फिचर्ड छन्। प्रवीण मानन्धरले सम्पादन गरेको यस भिडियोलाई दिलकृष्ण श्रेष्ठले निर्देशन गरेका हुन्। यमुना लम्साल प्रस्तुत कर्ता रहेको यस भिडियोको निर्मात्री विष्णु मैनाली लम्साल हुन्। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

यसअघि गायक हिमाल सागर सँगको सहकार्यमा मोडल लम्साल अभिनीत 'तिमी छौ र' , 'भुलिदेउ' बोलको म्युजिक भिडियोहरू सार्वजनिक भैसकेका छन्। म्युजिक भिडियोले दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।