ट्वान्टी-ट्वान्टी विश्वकप २०२२ का लागि नेपाली महिला क्रिकेट टोलीले इटहरीमा प्रशिक्षण सुरु गर्ने

  • आश्विन ६, २०७८
  • ३७२ पटक पढिएको
  • कपुरी न्युज
alt

सुनसरी : आइसिसी महिला ट्वान्टी-ट्वान्टी विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले सुनसरीको इटहरीमा प्रशिक्षण सुरु गर्ने भएको छ। इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक जगत टमटाले भोलि बिहीबार देखी एक सातासम्म इटहरी स्थित क्षेत्रीय रङ्गशालाको इन्डोर हल र मैदानमा प्रशिक्षण गराइने जानकारी दिए।

छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली महिला खेलाडीहरूलाई सानो सानो समूहमा प्रशिक्षण सुरु गरेको हो। पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना अनुसार भदौ २७ देखी असोज २ गते कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण सम्पन्न गरेको थियो।

इटहरीको प्रशिक्षण सकिएपछि फाइनल चरणको प्रशिक्षण भने काठमाण्डौमा राखिने प्रशिक्षक टमटाले जानकारी दिए। क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको छ । गत वर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयरकप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको थियो।

देशका तीन स्थानमा त्यहाँ नजिक भएका खेलाडीलाई व्यक्तिगत र सानो सानो समूहमा प्रशिक्षण गराउँदा प्रभावकारी हुने भएकाले क्यान यसको तयारीमा जुटेको प्रशिक्षक टमटाको भनाइ छ। प्रशिक्षणमा प्रदेश दुई का ३ जना सहित झापा, मोरङ, र इलामका गरी ११ जना खेलाडी सहभागी हुने कार्यक्रम संयोजक विप्लव घोषले जानकारी दिए। मलेसियामा हुने भनिएको महिला टी-२० विश्वकपको एसिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुने बताइएको छ।

जसमा नेपाल सहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, युएई र हङकङ खेल्नेछन्। एसिया छनोटको विजेता पाँच क्षेत्र बिच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्। ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी-२० विश्वकपमा  स्थान बनाउनेछन्।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved