कान्दुक भेट्रान फाइभ ए साइड फुटसल : उपाधिका लागि इलाम र दार्जिलिङ भिड्ने

  • आश्विन २२, २०७८
  • १३१ पटक पढिएको
  • नमीन ढकाल
alt

इलाम : इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधिको लागि इलाम भेट्रान्स र दार्जिलिङ भेट्रान्स बिच प्रतिस्पर्धा हुने भएको छ।

आज सम्पन्न सेमिफाइनल खेलमा इलामले सूर्योदय भेट्रान्स र दार्जिलिङले आहाले भेट्रान्सलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा दार्जिलिङले आहालेलाई ९-४ गोल अन्तरले पराजित गर्दै उपाधि होडमा प्रवेश गर्न सफल रहयो ।

दार्जिलिङको जीतमा राजु तामाङ र फुर्वा तामाङले समान ३-३ गोल गरे । दावा तामाङले २ र सुवास सुब्बाले १ गोल गरे । आहालेको तर्फबाट दिलकुमार राईले ४ गोल फर्काए । फाइनल प्रवेशसँगै दार्जिलिङले कम्तीमा १६ हजार रुपैयाँ सुरक्षित गरेको छ ।

त्यसै गरी दोस्रो सेमिफाइनल खेलमा इलामले सूर्योदयलाई १४-१ गोल अन्तरले पराजित गर्न सफल रहयो । इलामको जीतमा नगेन्द्र लिम्बुले ६ गोल गरे । रमेश गुरुङले ३, कप्तान दर्शन भक्तराज र सुरेन गुरुङले समान २-२ तथा प्रकाश थाम्सुहाङले १ गोल गरे ।

सूर्योदयको तर्फबाट शरण राईले सान्त्वना गोल फर्काए । कान्दुक रिक्रिएन सेन्टरको फुटसल मैदानमा जारी प्रतियोगिताको विजेताले ३५ हजार ५ र उपविजेताले १६ हजार ५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा भारतका २ सहित ८ टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved