धरान : धरान-१३ स्थित कृषि उपज बजारबाट तिहारमा फुल मात्रै पौने २ करोड बराबरको कारोबार भएको छ।

स्थानीय र आयातित गरेर ३ लाख माला मध्ये १ लाख आयातित र २ लाख स्थानीय माला गरी करिब पौने २ करोड रुपैयाँ बरावरको फुलको कारोबार भएको कृषि उपज बजारस्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।

यस पटकको तिहारमा भारतीय फुल भन्दा स्थानीय फुलको माग बढी देखिएकोले पनि स्थानीय रैथाने फुलले राम्रो मूल्य पाएको भट्टराईले बताए । यसै गरी यो तिहारमा मात्रै ५० लाख रुपैयाँ बरावरको ओखर कृषि उपज बजार स्थलबाट कारोबार भएको छ ।

कोशी पहाडी क्षेत्रबाट आउने ओखर तिहारमा पुजाका लागि प्रयोग हुन्छ। समग्रमा कृषि उपज बजार स्थलबाट यो तिहारमा पौने ३ करोड भन्दा बढीको तिहारजन्य सामाग्रीको कारोबार भएको छ ।