धरान : युवा गायक आयुष अर्यालले नयाँ साङ्गीतिक कोसेली 'नतड्पाउन' को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

लोकप्रिय गायिका एलिना चौहान र आयुषको युगल स्वरमा रहेको गीत अलेक लामा र आयुष अर्यालको शब्द रचना , राहुल प्रधानको सङ्गीत तथा एरेन्ज रहेको छ। रोमान्टिक शैलीको गीतको भिडियोमा मोडेल सारा लोहोरुङ्ग राई र स्वयम् गायक आयुष फिचर्ड छन् ।

जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा हरि हुमागाईँको छायाङ्कन र विकाश धमलाको सम्पादन रहेको छ । भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

गायक आयुष १ वर्ष अघि ’तिम्रो मायाले’ गीत मार्फत नेपाली साङ्गीतिक छेत्रमा प्रवेश गरेका थिए । उनको पहिलो कोसेलीलाई पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थिए।