धरान : धरानबाट थुप्रै गायक, कलाकारहरूले नेपाली सङ्गीत तथा मनोरञ्जन क्षेत्रमा आफ्नो नाम राखेका छन् ।

यही क्रममा धरानका गायक रविल श्रेष्ठले आफ्नो नयाँ गीत “आफ्नो लागि “म्युजिक भिडिओ रिलिज गरेका छन् ।
लोकप्रिय कोरियोग्राफर तथा मोडल प्रियारानी लामाको मुख्य अभिनय रहेको गीतको भिडिओ सृष्टि राईको निर्देशनमा तयार भएको हो ।

समष्टि राईको कला निर्देशन , अभि साम्पाङ्ग राईको सम्पादन , समन महर्जनको छायाङ्कन र कलर रहेको छ । गायक श्रेष्ठकै रचना रहेको गीतमा सङ्गीत रोशन शर्माको रहेको छ भने सुरज विश्वकर्मा को सङ्गीत संयोजन तथा मिक्सिङ्ग रहेको छ ।

समग्रमा गीत,सङ्गीत तथा भिडियो मेकिङ्ग सम्पूर्ण कुरामा गुणस्तरमा धेरै ध्यान दिइएको छ । गीत तथा भिडियोको पोजेटिभ रेस्पोन्सले पनि गायक रविल सन्तुष्ट रहेको र फेरि नयाँ गीतको तयारीमा जुट्न जोस आएको बत्ताउँछन् । ओएसआर डिजिटल युट्युब च्यानल मार्फत गीत रिलिज गरिएको छ ।