धरान : प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान र बोर्ड खारेज गर्ने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बोर्ड र प्रतिष्ठान खारेज गर्ने निर्णय भएको बताए ।

भीम आचार्यको नेतृत्व रहेका बेलाको सरकारले प्रदेश पर्यटन बोर्डको उपाध्यक्ष फणीन्द्र अधिकारीलाई नियुक्त गरेको थियो । शेरधन राई नेतृत्वको सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा यज्ञ शर्मालाई नियुक्त गरेको थियो ।

बैठकले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८ तथा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन २०७८ समेत खारेज गरेको छ ।