धरान : जनता समाजवादी पार्टीको विद्यार्थी सङ्गठन समाजवादी विद्यार्थी युनियनले महेन्द्र बहुमुखी क्याम्पस धरानले बिमा शीर्षकमा शुल्क लिने सेवा सुविधा नदिएको भन्दै क्याम्पस प्रशासनमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

सोमबार समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस धरानका इकाई अध्यक्ष युवराज राई (अलौकिक) र सचिव सुनिता सिङ्गकद्वारा संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै भनिएको छ – महेन्द्र बहुमुखी क्याम्पस धरानले विद्यार्थीहरूको भर्ना शुल्कमा हरेक वर्ष स्वास्थ्य बिमा शीर्षकमा ५०० रुपैयाँ शुल्क लिइरहेको भएता पनि त्यस बिमा मार्फत पाउने सेवा सुविधाबाट विद्यार्थीहरू वञ्चित भइरहेको उल्लेख छ ।

यस विषयमा गत भदौ २३ गते क्याम्पसमा ध्यानाकर्षण गरिएको भन्दै तत्काल सम्बन्धित निकायसँग समन्वय गरी बिमा सेवा सम्झौता कार्यान्वयन गर्न माग गरेको छ । युनियनले छ बुँदे मागमा खेलकुद सामग्री उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

त्यसै गरी क्याम्पस परिसर सरसफाइ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने तथा कक्षाकोठा ब्याबस्थापन गर्न माग गरिएको छ । विज्ञप्तिमा छ बुँदे मागलाई तत्काल कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।