धरान : धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा 'धरान डे' अन्तर्गत दोस्रो बहुभाषिक कविता गोष्ठीमा पाँच कविता पुरस्कृत भएका छन् ।

पब्लिक हाइस्कूलको मैदानमा सम्पन्न कविता गोष्ठीमा सहभागी १७ प्रतियोगी आदिवासी मातृभाषी कविहरू मध्येबाट प्रदीप मेन्याङ्बो (लिम्बू भाषा), भोजराज श्रेष्ठ (नेवार भाषा), इन्दु योञ्जन तामाङ (तामाङ भाषा), प्रमीला मुकारुङ (बान्तवा भाषा) र सेम्माङ याक्खा (याक्खा भाषा) मा उत्कृष्ट पाँचमा पर्न सफल भएका थिए ।

उत्कृष्ट पाँच कविहरूलाई उपमेयर मञ्जु भण्डारीले प्रमाण-पत्र र प्रतिष्ठान संयोजक अम्बिकाकुमार सम्बाहाम्फेले पुरस्कार स्वरूप जनही ७ हजार ५ सय हस्तान्तरण गरे ।

नेपाली र आदिवासी मातृभाषामा कविता पाठ गरिएको सो प्रतियोगिताको निर्णायकहरूमा अग्रज साहित्यकार बम देवान, कवि तथा वरिष्ठ पत्रकार हर्ष सुब्बा र साहित्य समीक्षक डा. महानन्द तिम्सिना रहेका थिए ।