धरान : नेपालकी चर्चित पप गायिका शिवानी मोक्तानले आज धरान-१५ स्थित वगरकोट तताउने भएकी छिन ।

खुकुरी म्युजिक नेसनको सहयोगमा उनलाई एमएच लाउन्ज एन्ड वारले वगरकोटमा ल्याउन लागेको हो । नाइट लाइफको लागि पूर्वकै चर्चित स्थलको रूपमा परिचित बन्दै गइरहेको वगरकोटको पर्यटन प्रवद्र्धन गर्नका लागि राष्ट्रिय कलाकार सिवानी मोक्तानलाई प्रस्तुतिका लागि ल्याउन लागिएको वगरकोट व्यवसायी मञ्चका अध्यक्ष एवं एम एच लाउन्जका प्रोप्राइटर जीवन मेन्याङबोले बताए ।

वगरकोटमा रमाइलो गर्न आउनेहरूलाई मध्यनजर गरेर हामीले हरेक महिना जस्तो चर्चित कलाकारहरू ल्याउने गरेका छौ । केही समय अघि पनि एमएचले सविन राई एन्ड द फराओ ब्यान्ड ल्याएको थियो ।

अङ्ग्रेजी नयाँ वर्षको समय प्राय दिनहुँ जसो वगरकोटको वारहरूमा चर्चित कलाकारहरूको प्रस्तुति रहेको उनले बताए । सिवानी शुक्रवार आफ्नो अन्तरा ब्यान्ड सहित प्रस्तुतिका लागि आउन लागेका हुन । साँझ सात बजे देखि सुरु हुने सांगेतिक कार्यक्रममा शिवानीले प्रस्तुति दिन अघि उनको अन्तरा ब्यान्डले कभर सङ्गहरू गाउने छन् ।

साङ्गीतिक माहौलमा रमाउन आउने दर्शकहरूको सुविधाका लागि एमएचले टेबल बुकिङ समेत खुल्ला गरेको छ । हलको क्षमता भन्दा बढी दर्शक हुँदा प्रस्तुतिको मजा लिन नसक्ने हुनाले हल क्षमता भन्दा बढीलाई प्रवेश नदिइने प्रोप्राइटर मेन्याङबोले बताए ।

वगरकोटको वारहरूमा स्थानीय ब्यान्डहरूको दैनिक लाइभ म्युजिक प्रस्तुति हुने अध्यक्ष मेन्याङबोले बताए । व्यावसायिक रूपमा उनिहरुकोे प्रस्तुतिले धरानका कलाकारहरूको प्रतिभा विकासमा समेत सहयोग पुगिरहेको उनको भनाई छ ।