इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले पत्रकारलाई पनि दुव्र्यवहार गरेका छन् ।

समाचार संकलनको क्रममा प्रतिक्रिया लिन पुगेका पत्रकारद्धय विकल रेग्मी र कृष्णबहाव भट्टराईलाई गाली गलौज गर्दै मेयर चौधरीले दुव्र्यवहार गरेका हुन् ।

पत्रकार रेग्मीलाई कठालो समातेका छन् भने भट्टराईलाई सार्वजनिक स्थलमा हप्काएका थिए । मेयरले दिउसो कर्मचारी कुटपिटको विषयमा प्रतिक्रिया लिन पुगेको दुबै पत्रकारमाथि मेयरले दुव्र्यवहार गरेपछि नेपाल पत्रकार महासंघ सुनसरीले एक विज्ञप्ती जारी गर्दै भत्र्सना गरेको छ । महासंघका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रताको माग समेत गरेका छन् ।