इटहरी: इटहरी २० तरहरामा पकाएको भात बल जसरी उफ्रिएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

इटहरी १०, खनारको दर्शन प्रिमियम मंसुली चामल जय सरस्वती सेलर मिलले उत्पादन गरेको चामलको भात बल जसरी उफ्रिएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका हुन् । ‘हामीले हिजो साँझ तरहराबाट किनेर ल्याएका हौं,’गीतामाया थापाले भनिन्,‘हिजो पकाएर खाँदा असहज भएको भएपनि आज खानामा प्लाष्टिक मिसिएको पुष्टी भयो ।’

उनका अनुसार अरुबेला खाना बनाउँदा केही समस्या नभएपनि उक्त चामलमा भने ढिलो पाक्ने र खाएपछि पेट दुख्ने समस्या देखिएको बताईन् । उनले खानाको टेष्ट अर्कै आएकाले डल्ला पारेर उफार्दा उफ्रिएपछि शंका लागेको बताईन् । ‘बेलुका घरमा ल्याएर खाइयो, खाएपछि पेट दुख्यो,’रुपक थापाले भने,‘अहिले हेर्दा डल्लो पर्ने र बल जसरी उफ्रने हुन्छ, प्लाष्टिक मिसिएको रहेछ ।’ उनका अनुसार खाना पकाउँदा बीचमा गिलो हुँने, धेरै समयमा मात्र पाक्ने हातमा नलाग्ने हुने गरेको छ । ‘हामीले सधैँ किनेर ल्याउँने गरेका थियौं,’उनले भने,‘यो पटक पनि त्यहिँ बाट ल्याएको हो, तर यसपटक भने बल जसरी उफ्रियो ।’

20190722_113042

स्थानीय छिमेकी छत्र बहादुर पौडेलले आँफूहरुले पहिल्यैबाट बस्नेतको बाट चामल ल्याएर खाएको भएपनि त्यस्तो नभएको र अहिले भने उक्त चामल प्लाष्टिक जसरी उफ्रिएपछि आँफूहरु समस्यामा परेको बताए । ‘पहिला फेसबुकमा हेर्न पाइन्थ्यो अहिले प्रत्यक्ष्य देखियो,’ पौडेलले भने ।

खाद्य गुण नियन्त्रण कार्यालय सुनसरीका प्रमुख बिक्रम लिम्बुले भने चामलमा प्लाष्टिक हुनु सम्भव नभएको तर्क गरे । उनले भने,‘हामीले प्रयोगशालाको ल्यावमा टेष्ट नगरी भन्न सक्ने अवस्था हुन्न, उनले भने, यसअघि ल्यावमै चेक गर्दा पनि नेगेटिभ पाईयो ।’ उनले आँफूहरुले कम्पनीमा पनि अनुगमन गर्ने बताउँदै भने,‘जुन कुरा पाक्दैन, त्यो कुरा बनाउने किन ?’ उनले प्रश्न गर्दै भने, ‘कम्पनीले बनाउने सम्भावना कम छ, प्रयोगशालामा चेक नगरी भन्न सकिदैँन ।’

यता, खाद्य गुण नियन्त्रण कार्यालय प्रदेश १ का प्रमुख प्रमोद कोईरालाले पलाष्टिककै चामल नभएको तर्क गरे । उनले भने,‘यसअघि पनि दमकमा यस्तै केस आएको थियो र हामीले हेर्यां, प्लाष्टिक हैन भनेर प्रमाणित भयो ।’ उनका अनुसार चामलमा मिसावट गर्ने कुरा सस्तो सामान हालिने भएपनि मिसिने चिज प्लाष्टिक नै हो भनेर प्रमाणित गर्न गाह्रो हुने तर्क गरे ।