नेपालमा दैनिक कति मोबाइल भित्रन्छन् ?

  • कार्तिक २०, २०७६
  • १०३ पटक पढिएको
  • कपुरीन्यूज
alt

काठमाडौं : नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्यांकअनुसार औसतमा उक्त संख्या बराबरको मोबाइल दैनिक आयात हुने गरेको हो । विभागका अनुसार असोजसम्म सात अर्ब १९ करोड रुपियाँ बराबरका १६ लाख २३ हजार ७९५ थान मोबाइल आयात भएका छन् ।

गत आवमा मोबाइलको आयातमा केही कमी आए पनि यस वर्ष आयातको प्रवृत्ति भने बढेको छ । गतवर्षको असोजसम्म छ अर्ब २९ करोड रुपियाँ बराबरका १३ लाख ६२ हजार ३३१ थान मोबाइल आयात भएका थिए ।

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै चीनबाट मोबाइल आयात भएको छ । त्यहाँबाट मात्रै तीन अर्ब ३३ करोड रुपियाँ बराबरको १२ लाख ८४ हजार थान मोबाइल नेपाल भित्रिएका छन् । चीनका हुवावे, सायोमी, ओप्पो, वनप्लस, भीभोलगायतका मोबाइल नेपालमा बढी प्रचलनमा छन् । गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • सम्पादक: आर. के. राई
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • विबेक विवस रेग्मी (ईटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2019 - Kapurinews.com All rights reserved