काठमाडौं : विदेशमा नक्कली नेपाली पासपोर्ट (एमआरपी) बन्ने गरेको तथ्य फेला परेको छ । मलेसियामा नक्कली पासपोर्ट बनाएर नेपालीलाई बेच्ने गरेको खुलेको छ । मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली एमआरपीबारे राहदानी विभागले छानबिन गरेको छ ।

‘अध्यागमनमा पासपोर्ट मेसिनमा रिड गराउँदा बारकोड रिड भयो । तर, राहदानीको रङ र निसानछाप फरक भएपछि व्यक्ति समातिएका छन्’, अध्यागमन विभागले भनेको छ । गिरोहले राहदानीको रङ कालो बनाएको छ भने राष्ट्रको छाप पञ्चायतकालीन प्रयोग गरेको छ । बुकका पृष्ठ उस्तै छन् । तर सिलाई नक्कली छ ।
रौतहटका उमेशराम चमार र जनकपुरका अरुणकुमार दास मलेसियाबाट काठमाडौं आउने क्रममा नक्कली पासपोर्टसहित पक्राउ परेका हुन् । उनीहरूले बोकेको पासपोर्ट नक्कली आशंका गरिए पनि मेसिनले रिड गरेको थियो ।

विमानस्थल कार्यालयले अध्यगमन विभाग तथा राहादानी विभाग पठाई परीक्षण गराउँदा नक्कली ठहर भएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट