धरान: नेपाल तरुण दलले आफु सम्बद्ध कोही पनि सदस्य नेकपा प्रवेश नगरेको प्रष्ट पारेको छ ।

विभिन्न सञ्चारमाध्ममा तरुण दलको धरान नगर समिति सदस्य सुवास राई नेकपा प्रवेश गरेको समाचार प्रकाशन भएपछि आज ध्यानाकर्षण पत्र जारी गर्दै तरुण दलले प्रष्ट पारेको हो । तरुण दल धरानका अध्यक्ष हिमाल श्रेष्ठका अनुसार समाचारहरुमा प्रकाशित भएजस्तो सुवास राई भएको व्यक्ति कमिटिमा नै छैनन् । नगर कमिटिमा रहेका २१ जना नै चुनाव प्रचारप्रसारमा सक्रियतापुर्वक लागेको उनले बताए । 'यो सब झुटो कुरा हो, हाम्रो समितिमा भएको २१ जना नै चुनावी अभियानमा छौं,'उनले भने,'नेकपाले झुटो प्रचार गरेको हो ।'

तरुण दलका सचिव मनोहर श्रेष्ठले जारी गरेको ध्यानाकर्षण पत्रमा चुनावको संघारमा धरानमा कम्युनिष्टहरुले यस्तै अफवाह फैलाएर चुनाव जित्ने गरेको आरोप लगाएका छन् । 'जहिले चुनाब आउछ , धराने जनतलाई कम्युनिष्टहरुले गलत अफवाह फैलाउने र झुठको खेती गर्दै आम धरानवासीप्रति गलत सन्देस प्रवाह गरी चुनावी परिणाम हात पार्न सफल भएको छ,'पत्रमा उल्लेख छ ।