हात्तिसारमा जिआइएस तालिम सम्पन्न

  • मंसिर १३, २०७६
  • १५०९ पटक पढिएको
  • कपुरीन्यूज
alt


धरान: केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा ६ दिने जोग्राफिक इन्फर्मेसन सिस्टम (जिआइएस) तालिम आज सम्पन्न भएको छ ।

नेपाल सुक्ष्मजीव विज्ञान विद्यार्थी समाज माइक्रोबायोलोजि (एनएसएएम)को आयोजना तथा नेचर कन्जरभेसन रिसर्च सेन्टर(एनसिआरसि)को सहयोगमा तालिम आयोजना भएको थियो । गएको शुक्रबाट भएको तालिमले विद्यार्थीहरुको अनुसन्धान गर्ने क्षमतामा सहयोग पुर्याउने, जिआइएस सम्बन्धी ज्ञान, प्रयोग, अनुसन्धानमा यसको महत्व, रिसर्च डिजाइन, म्याप मेकिङ, डाटा भिजुअलाइजेसनलगायतमा सहयोग पुग्ने सहजकर्ता जिवन राइले बताए । उक्त तालिममा रार्इसँगै एनसिआरसिका कबिराज खतिवडा, रबिन केसीले पनि समेत सहजीकरण गरेका थिए ।

सहायक क्याम्पस प्रमुख डा दिलकुमार लिम्बुले क्याम्पसले गर्नुपर्ने काम एनसामले गरेको भन्दै खुशी व्यक्त गरे । उनले अनुसन्धानको क्षेत्रमा तालिमले सकरात्मक सहयोग पुग्ने धारणा व्यक्त गरे । तालिम विद्यार्थीहरुलाई मात्र नभै प्राध्यापकहरुको लागि पनि महत्वपूर्ण रहेको तालिममा सहभागी जिब बिज्ञान संकायका बिभागिय प्रमुख सह प्राध्यापक गणेश तामाङ्ले बताए।

एनसामको काम अत्यन्तै राम्रो भएको र यस्ता कार्यक्रमको लागी बिभागले सधै सहयोग गर्ने माइक्रोबायोलोजिका बिभागिय प्रमुख धिरेन सुब्बा लिम्बुले बताए। तालिम अत्यन्तै महत्वपूर्ण रहेको र आगामी दिनमा अनुसन्धानको क्षेत्रमा सहयोग गर्ने स्नातकोत्तर माइक्रोबायोलोजि फाइनल सेमिस्टरमा अध्यनरत तथा तालिमका सहभागी सुस्मिता फत्तेपुरिले बताइन् । तालिममा कार्यक्रममा २१ जना विद्यार्थी सहभागी थिए ।

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved