धरान: एनआईसी एसिया बैंकले "न्यु सुपर चमत्कारिक बचत खाता " नामको आफ्नो नयाँ खाता योजना सार्वजनिक गरेको छ ।

बैंकले बुधबार पत्रकार सम्मेलन गर्दै खाता खोल्ने ग्राहकले २१ लाखसम्मको विमा सुविधा प्राप्त गर्ने जनाएको छ । ग्राहकलाई विमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने लगायतका ३० चमत्कारिक फाइदाहरु दिइएको बैंकका प्रादेशिक कार्यालय प्रमुख दिवाकर भटराईले जानकारी दिए ।

यस सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख सम्मको विमा सुविधा, १८ घातक रोगहरुको लागि १० लाखसम्मको विमा सुविधा र एक लाखसम्मको औषधी उपचार विमा सुविधा पाउने भटराईले बताए । औषधी उपचार विमा अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुलाई अझ विशेष सुविधा दिन बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजार सम्मको विमा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । ग्राहकहरुले वचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड सिरिज खाता पाउनेछन् । यी तीनै प्रकारका खाताहरुमा बाषिर्क ६.५ प्रतिशत ब्याजदर प्राप्त हुने छ भने डायमण्ड सिररिजको बचत खातामा अति विशिष्ट सुविधाहरुबाट लाभान्वित हुने बैंकले जानकारी दिएको छ।

खातावालाको जीवन सहज बनाउनको लागि घरमै बैंकिङ्ग सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको बैकले जानकारी दिए । बैंकले सुपर चमत्कारिक बचत खातामा २ लाख भन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई १० हजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्नेछ ।

मासिक निक्षेप खाता अन्तर्गत एनआईसी एशिया बैंकका ग्राहकले जम्मा गरेको रकममा ९.७५ प्रतिशत सम्मको ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा ट्रान्सफर समेत गर्न सकिनेछ । बैंकले विभिन्न ३० सुविधायुक्त ‘न्यू सुपर चमत्कारिक बचत खाता, न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यू सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, न्यू सुपर चमत्कारिक बाबु नानी बचत खाता, न्यू सुपर चमत्कारिक विद्यार्थी बचत खाता, न्यू सुपर चमत्कारिक स्वरोजगार बचत खाता, न्यू सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यू सुपर चमत्कारिक सहज बचत खाता, न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता, न्यू सुपर चमत्कारिक मासिक निक्षेप खाता, न्यू सुपर चमत्कारिक तलब बचत खाता’ सहितका निक्षेप योजना बैंकले ल्याएको छ ।