काठमाडौं : सरकारले निशुल्क वितरण गर्दै आएकोे केही औषधि खान अयोग्य रहेको पाइएको छ । बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधि खान अयोग्य रहेको फेला परेको हो ।

आठ प्रकारका निशुल्क औषधिको ४१ ब्याच पटक पटक फेल भएको उल्लेख छ । तर, यिनै औषधिहरु अहिले सरकारी स्वास्थ्य संस्थाहरुबाट नियमित रुपमा वितरण भइरहेका छन् । ०७५/७६ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य संस्थाबाट निशुल्क वितरण हुँदैं आएका विभिन्न औषधिको २८५ ब्याच परिक्षण गरेको थियो ।

तर अनुसन्धान रिपोर्ट भने सार्वजनिक गरिएको छैन् । अनुसन्धान परिषदका अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार सरकारले परीक्षणमा अयोग्य देखिएका औषधि उत्पादक तथा वितरकलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि मात्रै अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने बताए । नयाँपत्रिका दैनिकबाट