धरान: कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्तीको अवसरमा धरानमा शनिबार आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कवि शिरोणमी साहितय साधना धरानले आयोजना गरेको प्रतियोगितामा धरानका योगेन्द्र पराजुली प्रथम भए । उनले धन शिर्षकको कविता वाचन गरेका थिए । उनले नगद ११ हजार पुरस्कार हात पारे । यस्तै, मेरो देश शिर्षकको कविताका श्रष्टा पर्वत निवासी तारानाथ पराजुली दोस्रो भए भने स्वर्गसरी मेरो देश शिर्षकको कविताका श्रष्टा स्यांजा निवासी सत्कार रेग्मी तेस्रो भए । यस्तै, रारा शिर्षकको कविताका रचनाकार कञ्चनपुरका नविन भट्ट चौथो भएका थिए । दोस्रो, तेस्रो र चौथो हुने कविहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार प्राप्त गरे ।

tika-atrey

सोही कार्यक्रममा साहित्यकार टीका आत्रेयलाई नगद १० हजार र सम्मान पत्रसहित प्रा. टीकाप्रसाद शर्मा वस्ती पुरस्कार प्रदान गरिएको थियो । यसैगरि, शारा थापा स्मृति प्रतिष्ठानका वीरेन्द्रबहादुर थापालाई नगद १० हजार र सम्मान पत्रबाट सिद्धिकर्ण भागीरथी पुरस्कार प्रदान गरिएको थियो भने युवा साहित्यकार मिलन शाह शङ्करलाई नगद १० हजार र सम्मान पत्रबाट बराह ज्वेलरी दलित स्रष्टा पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत एवं सम्मानित कवि तथा साहित्यकारहरुलाई प्रदेश १ सभामुख एवं प्रमुख अतिथि प्रदीपकुमार भण्डारीले पुरस्कृत तथा सम्मानित गरेका थिए ।