इटहरी : "भ्रमण बर्षको सफलता, सुचना प्रबिधीको उपयोगीता" भन्ने मुल नाराका साथ इटहरीका क्यान न इन्फोटेक मेला हुने भएको छ । कम्प्युटर व्यवसायीहरुको संगठन क्यान महासंघ सुनसरीको आयोजनामा माघ १ गते देखी मेला हुने भएको हो ।
५ दिन सम्म चल्ने मेलामा पर्यटकहरूलाइ लक्षित गरी बिभिन्न आर्कषक उपहारहरू राखेको आयोजकले जनाइएको छ । ‘प्रभु पे’ ले प्रायोजन गरेको मेलामा वल्डलिंक कम्युनिकेशन लिमिटेड, अफिसियल इन्स्योरेन्समा प्रभु इन्स्योरेन्स सह-प्रायोजन गरेका छन् ।  स्टल निर्माणहरू देखि मुख्य प्रायोजकहरूको टुंगो लागिसकेको र प्रचार प्रसारलाइ तिब्रता दिइरहेको क्यान सुनसरीले जनाएको छ । नेपाल सरकारले आव्हान गरेको भ्रमण बर्षमा सुचना प्रबिधीको उपयोगीतालाई अधिकतम प्रयोग गर्ने उद्येश्यले कार्यक्रम आयोजना गरीएको क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठले बताए । उनका अनुसार सुचना प्रबिधीको उपयोग गर्न नजान्दा धेरै अवसरहरु गुमाउनुपर्ने अवस्था आइरहेकोले अब त्यस्ता अवसर नगुमोस भन्नको लागी मेला आयोजना गरीएको हो ।

बढदो सुचना प्रविधिको बिकास र त्यसबाट मानव जिवनमा पुग्ने फाइदा तथा सुरक्षित उपभोगको बिषयमा मेलामा जानकारी गराइने क्यान सुनसरीका अध्यक्ष बिशाल बास्तोलाले बताए । दुई बर्ष अगाडी पनि इटहरीको जनता मा.बीको खेल मैदानमै क्यान इन्फोटेक मेला आयोजना गरीएको थियो । तर यसबर्ष फरक र बिशेष ढंगबाट मेला सम्पन्न गराउन क्यान महासंघ सुनसरी लागि परेको उनको भनाई छ ।
अवलोकन गर्न आउने आन्तरीक तथा बाह्य पर्यटकहरूलाइ दैनिक लक्कि ड्र मार्फत आर्कषक उपहारको व्यवस्था मिलाइएको उनले जानकारी दिए । पहिलो पटक क्यानको मेलामा रोर्वटहरूको प्रत्यक्ष भिडन्त, दौड र बिभिन्न कृयाकलापहरू पनि प्रदर्शन गरिने भएको छ । यन्त्र मानवको प्रदर्शनीले क्यान मेला सफल हुने आयोजकले दाबी गरेको छ ।
प्रबिधीको क्षेत्रमा भएका पछील्ला आविश्कारको प्रत्यक्ष अवलोकनका लागि आइटी म्युजियमको व्यवस्था गरिएको आयोजकले बताएको छ । जहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूले सुचना प्रविधिको उपयोग कसरी गर्ने भन्ने उल्लेख गरीने भएको छ ।
मेलामा सुचना प्रविधीकोको हिसाबमा पछिल्लो समय दैनीक प्रयोग गरीने सामाजीक संजाललाई कसरी सुरक्षीत बनाउने भन्ने बारेमा जानकारी दिइने व्यवस्था मिलाउन लागीएको हो । यसका अलाबा पर्यटन क्षेत्रको प्रचारप्रसार कसरी गर्ने भन्नेबारेमा समेत प्रभावकारी आइडिया सेयर गरीने अध्यक्ष बास्तोलाले बताए ।
प्रदेश १ स्तरीय क्यान मेलामा २ लाखले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ ।