काठमाडौं : बेलायती महारानी एलिजाबेथ द्वितियले राजकुमार ह्यारी दम्पत्तिलाई ‘केही समयका लागि’ क्यानडा बस्न अनुमति दिएकी छन् ।

यो अनुमति राजकुरमा ह्यारी र उनकी पत्नी मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा स्पष्ट निर्णय नभएसम्मका लागि मात्रै रहेको जनाइएको छ । महारानीले राजकुमार ह्यारी र मेगन पूर्ण रुपमा राजकीय कार्यमै संलग्न शाही भूमिकामै रहुन् भन्नेमा जोड दिएकी छन् । ह्यारी र मेगनको भावी भूमिकाका सम्बन्धमा अन्तिम निर्णय आउँदा दिनमा लिइने बताइएको छ ।

यसअघि राजकुरमा ह्यारी र उनकी पत्नि मेगनले आफूहरु बेलायती राजपरिवारको शीर्ष सदस्याबाट पछि हट्न चाहेको बताएपछि समस्या उत्पन्न भएको थियो । उनीहरुले सार्वजनिक कोषमा निर्भर हुन नचाहेर वित्तीय रुपमा आत्मनिर्भर हुने गरी काम गर्ने योजना रहेको सार्वजनिक गरेका थिए ।