पथरी: मोरङ्गको पथरीशनिश्चरे ३ मा रहेको सामाजिक आधारभुत विद्यालयलाई पथरीका शौक्षिक अभियन्ता प्रदीपकुमार राईको अग्रसरता विभिन्न सामाग्री हस्तातरण गरिएको छ ।

पथरीशनिश्चरे ३ मा रहेको सो विद्यालयमा सोमबार एक कार्यक्रम आयोजना गरी ती सामाग्री हस्तान्तरण गरिएको हो । विद्यालयलाई आवश्यक पर्ने १० थान पङ्खा, एउटा एलइडी टिभि, १४८ थान स्विटर र ट्राउजर वितरण गरिएको हो । विद्यार्थीका लागी जाडोमा लगाउन स्विटर र ट्राउजर वितरण गरिएको हो भने पङ्खा र टिभि विद्यालयले प्रयोग गर्ने छ ।

जाडो र गर्मीकै कारण शिक्षा हसिल गर्ने कार्यमा असर नपरोस भनेर ती सामाग्री वितरण गरिएको अभियन्ता राईले जानकारी दिए । सो सामाग्री पथरीशनिश्चरे कै युवाहरु अशोक हुक्पा चोङ्बाङ, गणेश थक्लुङ, सहारा लिम्बु, सुमन कुरुङ्बाङले आर्थिक सहयोग गरे पछि खरीद गर्न सम्भव भएको राईले जानकारी दिए । राईकै अग्रसरतामा पथरीशनिश्चरेका सामुदायिक विद्यालयमा शौक्षिक तथा अन्य सामाग्री वितरण भइरहेका छन् भने उनकै अग्रसरतामा पथरीकै सुनाखरी माविमा अक्षयकोषको स्थापना भएको छ ।

यसैगरि सोमवार नै लान्यन्स क्लब अफ बिराटनगर एक्टिभले मोरङको पथरीशनिश्चरे वडा नम्बर ८ मा रहेको दुर्गा आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई स्विटर वितरण गरेको छ । चिसो मौसममा बालबालिकालाई बिध्यालय आउन सहज होस भन्ने उद्देश्यले स्विटर प्रदान गरिएको सो क्लबकी अध्यक्ष बैजन्ती पालिखेले जानकारी दिइन् । सो बिद्यालयका २ सय ८ जना बिद्यार्थीलाई एकै प्रकारको स्विटर वितरण गरिएको हो ।