इलाममा यातायात कार्यालय स्थापना, सेवाग्राहीलाई राहतको अनुभूति

  • माघ ६, २०७६
  • २६४ पटक पढिएको
  • कपुरीन्यूज
alt

इलाम : इलामबाट नै सबै काम हुन थालेपछि सेवाग्राहीले राहतको अनुभूति गर्न थालेका छन् । प्रदेश सरकार अन्र्तगत यातायात व्यवस्था सेवा कार्यालय इलाममा स्थापना भएपछि पूर्वी पहाडी क्षेत्रका सेवाग्राहीले सहजै सेवा पाउन थालेका छन् ।

आफ्नै भवन निर्माण सम्पन्न गरी गत असोज १ गतेबाट सेवा सुरु गरेको यातायात व्यवस्था सेवा कार्यालय इलामले सेवाप्रवाह समेत प्रभावकारी बनाइरहेको छ । कार्यालयबाट अहिले वार्षिक सवारी कर, सवारी साधन जाँचपास, सवारी धनी प्रमाणपत्र (ब्लु बुक) नवीकरण, बाटो इजाजतपत्र नवीकरण, सवारी साधन दर्ता र नामसारी गर्ने काम भइरहेको छ ।

केही समयपछि चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको कामसमेत सुरु गरिने कार्यालयले जानकारी दिएको छ । सेवा कार्यालयमार्फत सवारी चालक अनुमतिपत्र वितरण र नविकरणको कामसमेत सुरु भएपछि इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राहीलाई सहजता हुनेछ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved