इटहरी : आइतबारदेखी जारी हिसान सुनसरीको स्पोर्टस मिटमा अन्तर्गत भलिबलको उपाधी धरानको एम्स कलेज र इटहरीको कस्तुरी कलेजले जितेको छ ।

मंगलबार सम्पन्न छात्र तर्फको खेलमा एम्स कलेजले दुहबीको महेन्द्र मेमोरियल माबिलाई तीन एकको सेटमा पराजित गर्दै उपाधी जितेको हो । पहिलो र दोसो्र सेट २५-११, २५-१६ ले जितेको एम्स कलेजले तेसो्र सेट २६-२८ ले गुमाए पनि चौथो सेट २५-२२ ले जितेको थियो । सो खेलको उत्कृष्ट खेलाडी एम्सका रिजन बिष्ट, बेष्ट इस्पाइकर अन्दिप राई, बेष्ट लिब्रो प्रज्वल लिम्बु घोषित भए । बेष्ट लिफ्टर महेन्द्र मेमोरियलका प्रवेश माझी घोषित भए ।

छात्रा तर्फ भने इटहरीको कस्तुरी कलेजले विश्वआदर्श कलेजलाई ३-१ को सेटले पराजित गर्दै उपाधी जितेको छ । पहिलो सेट १९-२५ ले जितेको कस्तुरीले दोस्रो सेट १८-२५ ले गुमाएको थियो । त्यसपछी तेसो्र र चौथो सेट २५-१७, २५-१९ ले जित्दै कस्तुरी कलेजले उपाधी रक्षा गरेको हो । सो खेलमा बेष्ट प्लेयर र बेष्ट इस्पाइकर कस्तुरी कलेजकी श्रद्धा भटराई, बेष्ट लिफ्टर बिनिषा भटराई र बेष्ट लिब्रो विश्वआदर्श कलेजकी युरिका बस्नेत घोषित भए ।

hisan1

मंगलबार सम्पन्न चेस प्रतियोगिताको उपाधी धरान आदर्शका यामकुमार कार्कीले जितेका छन् । सो प्रतियोगितामा डिपोट माबिका पर्वत राई दोसो्र भएभने पूर्वाञ्चल स्कूलका सचेत बराल तेसो्र भए ।  मंगलबार नै सम्पन्न क्रिकेटमा कोशी सेन्टजेम्स माबिले ग्रीनपिस कलेजलाई ४ विकेटले पराजित गरेको छ । सुष्मा गोदावरी कलेज र सिबी कलेजबिचको खेल भने बिवाद उत्पन्न भएकाले स्थगित गरिएको छ ।  मंगलबार नै सम्पन्न फूटबलमा कोशीसेन्टजेम्स, सिवन इन्टरनेशनल र ग्रीनपिस कलेज र पुर्वाञ्चल उच्च माबि बिजयी भएका छन । बास्केटबलका समुहचरणका खेलहरु पनि सकिएका छन् ।

एक सातासम्म चल्ले स्पोर्ट मिटमा यसवर्ष फुटबल (छात्र), भलिबल(छात्र/छात्रा), क्रिकेट (छात्र), बास्केटबल (छात्र/छात्रा), टेबल टेनिस (छात्र/छात्रा), ब्याडमिन्टन (छात्र/छात्रा), हाजिरीजवाफ, वक्तृत्वकला, नृत्य लगायत ११ विधा र १५ इभेन्ट्स संचालन हुने छ । सबै इभेन्टमा प्रत्यक्ष रुपमा १२ सय ५० भन्दा बढी र अप्रत्यक्ष रुपमा ८ हजार बढी विद्यार्थीहरुको सहभागिता रहने दाबी गरिएको छ ।

माघ ११ गते विश्व आदर्श स्कुलमा आयोजना हुने समापन कार्यक्रममा राष्ट्रिय गीतमा नृत्य प्रतियोगिता हुने तथा सप्ताह भरीका विजयी विद्यालयलाई ट्रफी तथा प्रमाणपत्र साथै विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने छ । समापन समारोहका प्रमुख अतिथिका रुपमा हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल रहने कार्यक्रम संयोजक सागर भटराईले जानकारी दिए।