धरान: कालकूट साहित्यिक मञ्च धरानको प्रथम बार्षिक उत्सव शनिबार भव्यरुपमा सन्पन्न भएको हो । धरान १३ स्थित वडा कार्यालयको हलमा आयोजित कार्यक्रममा श्रष्टा सम्मानसँगै श्रृर्जना वाचन गरिएको थियो ।

मञ्चका अध्यक्ष मणी राई गोठाले र प्रमुख अतिथि एवं कवि सुमन पोखरेलले बार्षिक उत्सवको केक काटेर उद्घाटन गरिएपछि कार्यक्रममा निरन्तर कविता र गजलको बर्षा भएको थियो । कार्यक्रममा साहित्यिक व्यक्तित्वहरु मात्र होइन, विभिन्न ठाउँबाट वरिष्ठ साहित्यकार, लेखक, शुभेच्छुकहरु पनि सहभागी भएका थिए । कालकुटले स्थापना भएको केही महिना पछि नै महिनाको पहिलो शनिबार सृर्जना वाचनको श्रृंखला शुरु गरेको थियो । यसपाली बार्षिक उत्सवसँगै सृर्जना वाचनको ९ औं श्रृंखला पनि आयोजना गरेको हो ।

kalkut

सृर्जना वाचन मोरङका कवि प्रदिप योङहाङबाट शुरुवात भएको थियो । उनले भोकको आन्दोलन शिर्षक कविताबाट सृर्जना वाचन शुरुवात गरेका थिए । त्यसपछि, इटहरीका देवान किराती, धरानका सन्तोष थेवे र धनकुटाको मुकुन्द प्रयासले कविता वाचन गरेका थिए । कविता पछि गजल वाचन भएको थियो । गजलले हलको महोल थप रोमाञ्चक बनाएको थियो । वान्स मोरको बर्षा भयो । बराहक्षेत्रकी गजलकार ज्ञानु राई, धरानका परिक्रमा श्रेष्ठ, धनकुटाका युवराज ठकुरी अज्ञानी र अनन्त अनुरागले गजल वाचन गरे । प्रत्येक श्रष्टाले २/२ वटा सृर्जना वाचन गरेका थिए ।

kalkut7

सोही कार्यक्रममा सुनसरी बराहक्षेत्रका युवा साहित्यकार प्रकाश दिप्साली राईलाई कालकुटले युवा श्रष्टा सम्मानद्धारा सम्मानित पनि गरेको छ । उनलाई नगद ५ हजार र सम्मान पत्रसहित सम्मान गरिएको थियो । कालकुटका अध्यक्ष राई र प्रमुख अतिथि पोखरेलले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।

kalkut4 kalkut6 kalkut5

kalku2