घेदुङद्धारा कवि सुदिप पाख्रिन सम्मानित

  • माघ २६, २०७६
  • २६८ पटक पढिएको
  • कपुरीन्यूज
alt

धरान: धरानका युवा कवि सुदिप पाख्रिन सम्मानित भएका छन् । नेपाल तामाङ घेदुङले सोनाम ल्होछार २८५६ सांस्कृतिक महोत्सवका अवसरमा उनलाई सम्मान गरेको हो ।

साहित्य विधामा विभिन्न कृतिहरु प्रकाशन गरी नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको घेदुङले जनाएको छ । उनलाई नेपाल तामाङ घेदुङका संघीय सचिव रामकृष्ण लामा, संघीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, प्रदेश सदस्य लोकबहादुर थिङ, जिल्ला अध्यक्ष सुरज लामा, धरान १५ नं. ईकाई अध्यक्ष टंक योञ्जन, साहित्य साधक निला तामाङ लगायतद्धारा सम्मान–पत्र, दोसल्ला, खदा र तामाङ टोपीले सम्मान गरिएको हो ।

कवि पाख्रिनको मौनता र दगुरिहिंड्ने चौवाटो दुई कविता सङ्ग्रह प्रकाशित भएका छन् भने नियात्रा सङ्ग्रह र कविता सङ्ग्रह प्रकाशनको अन्तिम तयारीमा रहेका छन् । उनले आप्mनो मातृसंस्थावाट सम्मानित भएकोमा गौरव महशुष हुनका साथै थप हौसला र प्रेरणा मिलेको बताउंदै भविष्यमा अझ सशक्त भएर साहित्य क्षेत्रमा कलम चलाउने बताए ।

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved