भारतबाट भित्रियो डेढ करोडको गुलाब

  • फाल्गुन १, २०७६
  • ४३७ पटक पढिएको
  • कपुरीन्यूज
alt

काठमाडौं : भ्यालेन्टाइन डेका लागि नेपालमा पछिल्लो १ सातामा मात्रै रू. १ करोड ६० लाख बराबरको गुलाब आयात भएको छ ।

नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसका लागि सो रकम बराबरको २ लाख थान गुलाब आयात भएको हो ।

फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रूपमा मनाउने गरिएको छ । प्रेमको प्रतीकका रूपमा रातो गुलाबको प्रयोग हुने गरेकोमा यो समयमा वर्षकै सबैभन्दा बढी गुलाब आयात हुने गरेको व्यवसायी बताउँछन् ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा रू. १८ लाख बराबरको गुलाब आयात भएकोमा १ सातामा मात्रै यसको आयात करीब ८ सय प्रतिशतले बढेको छ । संघअनुसार अघिल्लो वर्ष यस समयमा रू १ करोड ५० लाख बराबरको गुलाब आयात भएको थियो ।

व्यवसायीका अनुसार नेपालमा अधिकांश गुलाब भारतबाट ल्याइने गरिन्छ । भारतको नयाँ दिल्ली, कोलकाता र बैंग्लोरबाट गुलाब आयात हुने गरेको छ । आर्थिक अभियानबाट

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved