पथरी : पथरी उद्योग वाणिज्य संघको आफ्नै भवन बन्ने भएको छ । गत साल संघले खरिद गरेको ३ कठ्ठा जग्गामा भवन निर्माण हुने भएको हो । नयाँ निमार्ण हुने भवनको फागुन ५ गते संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको संघले जनाएको छ  ।

संघको १७ औं साधारण सभाको अबसर पारेर भवन शिल्यान्यास गरिन लागेको संघका अध्यक्ष दिपक बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार ४ तले भवन १ बर्ष भित्रमा निर्माण सम्पन्न गरिने छ । ४ तले भवनको भुइ तला पार्किङ र दुइ तला कार्यालय प्रयोजनका लागी प्रयोग हुने र माथिल्लो तला सभाहल निर्माण हुने छ । भवन निर्माण गर्न ४ करोड ५० लाख रुपयाँ बिनियोजन गरिएको बस्नेतले बताए ।

संघले गत बर्ष ५३ लाख रुपयाँमा ३ कठ्ठा जग्गा खरिद गरेको थियो । पथरीशनिश्चरे २ मा रहेको भवन शिल्यान्यास संगै बर्षौ देखी भवन अभाबका कारण भोग्दै आएको समस्या समाधान हुने छ ।

pathari-banijya-1