धरान : मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी तथा मध्य भू-भाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली आएको जनाएको छ ।

देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ उल्लेख गर्दै महाशाखाले मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिएको छ । महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका मध्य र पूर्वी भागका साथै पश्चिमी पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको ।

तीन दिनको मौसम यस्तो छ :

बुधबार : आज दिउँसो पूर्वी, मध्य तथा पश्चिमी भू–भागमा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भू–भागका केही स्थान तथा मध्य र पश्चिमी भागका पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
राति मध्य भू-भागमा सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । मध्य र पश्चिमी तराईका एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

बिहीबार : भोली विहिवार दिउँसो पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।
बिहीबार राति मध्य र पश्चिमी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार : शुक्रबार दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार राति पश्चिमी, मध्य र पूर्वी भागमा बदली रहने महाशाखाको पूर्वानुमान छ ।