इटालीका सेना प्रमुखलाई पनि कोरोनाभाइरस, एकै दिन १३३ जनाको मृत्यु मृत्यु हुनेको संख्या ३६६ पुगेको छ

  • फाल्गुन २६, २०७६
  • ८२१ पटक पढिएको
alt इटालीको एक विमानस्थलमा यात्रुको स्वास्थ्य परीक्षण गरीदैं

कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको इटालीले जनाएको छ।

बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ। त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ। यो संख्या ७,३७५ बाट ५,८८३ मा पुगेको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ।

यसैगरी इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित सेनाप्रमुख फारिनाले आफू ठीक रहेको  स्व: क्वारेन्टाइनमा रहेको बताएका छन्।

संक्रमण नियन्त्रणका लागि इटालीले पछिल्लो समय निक्कै कडा कदम चालेको छ। उसले लोम्बार्दी र १४ प्रान्तका १ करोड १६ लाख मानिसको आवतजावतमा कडाइ गरेको छ। विशेष अवस्थामा बाहेक बिना अनुमति घरबाहिर ननिस्कन भनेको छ।
संक्रमण नियन्त्रणका लागि इटालीले पछिल्लो समय निक्कै कडा कदम चालेको छ।पछिल्लो आँकडाले इटाली कोरोनाभाइरसको संक्रमणबाट चीनपछि सबैभन्दा प्रभावित देश बनेको छ।

यसअघि दक्षिण कोरिया चीनपछि दोश्रो नम्बरमा सबैभन्दा बढी प्रभावित मुलुक थियो। दक्षिण कोरियामा हालसम्म ७ हजार ३ सय १३ वटा मामिलाहरू पुष्टि भएका छन्। कोरनाभाइरसको संक्रमणका कारण इटालीको एक चौथाइ जनसंख्यालाई प्रभावित पारेको छ। यसैगरी विश्व व्यापीरुपमा १ लाख ७ हजार मानिस यसको संक्रमणमा परेका छन् भने ३६ सय जनाको मृत्यु भएको छ। यसबाट चीनले सबैभन्दा ठूलो कष्ति बेहोरेको छ बने पछिल्लो समय इरानमा पनि यसको संक्रमण उच्च देखिएको छ।

इरानमा ६ हजार ५ सय ६६ मामिला पुष्टि भएको छ भने १९४ जनाको ज्यान गइसकेको छ।

यो पनि:

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved