इटहरी : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रणको लागी प्रदेश सरकारले दश करोडको कोष स्थापना गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्री परिषदको बैठकले १० करोडको आपतकालिन स्वास्थ्य कोष खडा गर्ने निर्णय गरेको हो ।

कोषको रकम कोरोनासँग सम्बन्धित आपतकालिन अवस्थामा मात्र खर्च गरिनेछ ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुबेदीका अनुसार मुख्यमन्त्री, मन्त्री र सबै राज्यमन्त्रीहरुले उक्त कोषमा एक महिनाको वापतको तलब जम्मा समेत गरेका छन् ।