धरान : कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३० हजार ८ सय भन्दा बढी मानिसको मृत्यु भएको छ ।

आइतबार विहान ६ बजेसम्म २ सय भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ३० हजार ८ सय ३९ जनाको मृत्यु भएको हो ।

६ लाख ६२ हजार ६ सय मानिस संक्रमित भएका छन् । यसमध्ये १ लाख ४१ हजार ५ सय निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा इटाली परेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।शनिबार साँझ थप ८ सय ८९ जनाको मृत्यु भएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २३ पुगेको हो ।

५ हजार ९ सय ७४ जना मानिसहरु संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ ।

यस्तै अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ जनाको मृत्यु भएको छ ।

हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८७ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १७ हजार ८ सय ६९ जना उपचाररत छन् ।

कोरोना भाइरसको उद्भगम स्थल मानिएको चीनमा पछिल्लो २४ घण्टामा कुनै नयाँ संक्रमण देखिएको छैन । यद्यपि त्यहाँ ३२ सय ९५ जनाको मृत्यु भइसकेको छ ।

स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ । एकैदिन अरु ८ सय ४४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ हजार नजिक पुगेको हो ।

थप ७ हजार ५ सय १६ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ७३ हजार २ सय ३५ पुगेको छ