बेलबारी : मोरङको वेलवारी नगरपालिका-३ पुर्व पश्चिम लोकमार्गबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलवारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको छथरजोरपाटी गाउँपालिका-६ का २३ बर्षीय मोहन खड्का र लालीगुराँस गाउँपालिका-३ तेह्रथुमका ५६ बर्षीय रमेश कार्कीलाई शुक्रवार राती साँढे ८ बजे लागुऔषध सहित पक्राउ गरेको हो ।

को २४ प ३२८७ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई ९ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।