धरान : भारतको दार्जिलिङमा कोरोना भाईसबाट मृत्यू भएका संगै एउटै फ्लाईटमा आएका दुई यात्रु धरानका पनि रहेको खुलेको छ ।

चैत्र ६ गते मार्च १९ का दिन भारतको चेन्नाईबाट बागडुग्रा सम्म स्पाईस जेटको ३२७ नम्वरको फ्लाईटमा आएका धरानका दुई जना रहेको बताईएको छ । दुवै जना अहिले सम्म स्वस्थ रहेका उनीहरुले टेलिफोनमा कपुरीलाई जानकारी दिएका छन् ।

पुर्वमा क्रियासिल पत्रकार सचिन पोख्रेलले मंगलबार देखि स्पाईस जेटको ३२७ नम्वरको फ्लाईटमा आएका दुई जना धरानको रहेको भन्दै खोजी गरेका थिए । पोख्रेलसंगै कपुरी न्यूजले खोजी गर्ने क्रममा दुवै जनाको बारेमा जानकारी प्राप्त गरेको हो । उनीहरु दुवै धरानका हुन । एक जना स्वास्थ्यकर्मी पनि भएको खुलेको छ ।

उनीहरु दुवै जना चेन्नाईबाट बागडुग्रा आउने स्पाईस जेटको ३२७ नम्वरको फ्लाईटमा फस्ट फ्लाईट विहान ५:५५ को फ्लाईटमा आएको बताएका छन् । आफुहरुलाई संगै प्लेनमा आएका मानिसको कोरोना भाइरसका कारण मृत्यू भएको खवर थाहा नपाएको उनीहरु मध्ये एक जनाले कपुरी न्यूजलाई बताए । अहिले सम्म दुवै जनामा कुनै समस्या नदेखिएको र तुरुन्त स्वास्थ्य परिक्षणमा जाने पनि उनीहरुले बताएका छन् ।

स्पाईस जेटको ३२७ नम्वरको फ्लाईटमा आएकी एक जना कोरोनाबाट ज्यान गुमाउनेमा दार्जि्लिङको कालेबुङकी सुन्तिसा सिंह रहेकी छिन् । उनका आफन्त अजय सिंहले दिएको जानकारी अनुसार आइतवार राति २ बजे सुन्तिसाको निधनसँगै आफ्नो परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा पठाइएको जानकारी दिएका छन ।

उनी छोरीको उपचारका लागि चेन्नईमा बसेर हालै मात्र घर फर्किएकी थिइन् । घर फिरेपछि बिरामी भएकी उनको स्वास्थ्य परीक्षणमा कोरोना पाइएको थियो । बिरामी भएपछि उनलाई नर्थ बंगाल मेडिकल कलेजको आइसोलेशनमा वार्डमा भर्ना गरिएको थियो ।