धरान : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण भारतमा पनि बढ्दो रूपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ सङ्क्रमित भेटिएका छन् ।

कोरोनाका कारण हालसम्म भारतमा ज्यान गुमाउनेको सङ्ख्या ८६ रहेको छ । भारतमा एकै दिन ५ सय २९ जनामा सङ्क्रमण देखिएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार ५८८ पुगेको छ । भारतमा सङ्क्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् ।

३ हजार २७३ जना उपचाररत छन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १२ लाख नाघेको छ । विश्वव्यापी रूपमा कोरोना भाइरसका कारण एकै दिन ५ हजार ५०१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको सङ्ख्या ६४ हजार ६ सय ७५ पुगेको छ ।