इटहरी । तिजको अवसरमा नाचगानसँगै विशेष कार्यक्रमको आयोजना गर्ने क्रम बढेसंगै पुर्व क्षेत्रमा स्थानीय गायिकाहरुले यस्ता कार्यक्रमहरुमा रौनकता वढाउन थालेका छन ।
तिज आउनु अघिदेखि नै दिनहुँजसो तिज बिशेष कार्यक्रमहरु आयोजना भइरहदा स्थानीय गायिकाहरुलाई पनि ब्यस्त बनाएको छ । पुर्वको महत्वपुर्ण सहर इटहरीमा केही समयअघि देखि दैनिक जसो हुने तिज विशेष कार्यक्रममा स्थानीय गायिकाहरुको प्रस्तुतीले रौनकता बढाउने गरेको छ । इटहरी क्षेत्रमा विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने तिज विशेष कार्यक्रमहरुमा स्थानीय गायिकाहरुको उपस्थितिले रौनकता थप्ने गर्छ भने उनीहरुको प्रस्तुतले महिलाहरुलाई भरपुर मनोरञ्जन दिलाउछ । गायिकाहरुको प्रस्तुतीसँगै महिलाहरु कम्मर मर्काउदै नाचगाान गर्छन् । पछिल्लो केही बर्षदेखि पुर्व क्षेत्रका महिलाहरु विभिन्न संघसंस्थामा आवद्धता हुने क्रमसंगै ती संघसंस्थाहरुले महिला लक्षित तिज विशेष कार्यक्रमलाई प्राथमिकता दिने गरेको छ । हेरक बर्ष राजनैतिक दल, सहकारी, व्यावसायीक प्रतिष्ठानहरुलेसमेत तिज विशेष कार्यक्रम गर्छ । ती कार्यक्रमहरुमा तिजका गितहरु गाउने गायिकाहरुको संख्या बढ्न थालेको छ ।
द साहरा सेभिङ कोओपरटिभ सोसाइटी लिमिटेडले आयोजना गरेको तिज विशेषक कार्यक्रमको मुख्य आकर्षणकारुपमा स्थानीय गायिकाहरु चन्दा खड्का, सुनिता कटुवाल र गिता भट्टराई रहेका थिए । उनीहरुले आफना तिज गित गाउदै तिज विशेष कार्यक्रमको रौनकता वढाए । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथि थिइन् । शुशिलादेवी कार्कीको संयोजकत्वमा भएको कार्यक्रममा महिलाहरुले तिजको गीतमा नाचेर रमाउनुका सथौ दरसमेत खुवाइएको थियो । संयोजक कार्कीका अनुसार अतिथि तथा कलाकारहरुलाई मायाको चिनो सौजन्य न्यु शुभ लक्ष्मी कस्मेटिक र शुभलक्ष्मी फेन्सी स्टोर इटहरीले गरेको थियो ।