सन् २०१० मा स्थापना भई सामाजिक कार्यमा तल्लिन लायन्स क्लब अफ धरान वुढासुब्बाको वर्ष २०१८/२०१९ को अध्यक्षमा शान्त्ती श्रेष्ठ चयन भएकी छन् । भेडेटार स्थित होटल अरुण भ्यालीको सभाहलमा सम्पन्न क्लबको पदस्थापन समारोहबाट श्रेष्ठको अध्यक्षतामा निवर्तमान अध्यक्ष सरीता राई प्रथम उपाध्यक्ष कबिता लिम्बु, द्धितिय उपाध्यक्ष मानभागत चाम्लिङ र तृतीय उपाध्यक्ष प्रेमराज शाक्य सचिव शान्ता राई, सहसचिव विना राई कोषाध्गयक्ष विष्णु राज श्रेष्ठ, डाइरेक्टरहरुमा भद्रकुमारी लिम्बु विपिन सुब्बा भिषण चेम्जोङ, दिपेन्द्र निरौला, दिवस श्रेष्ठ दिकुमार लिम्बु,हेमा राई, सौराज लामिछाने, शोभना गुरुङ अञ्जिला राई सीता राई , धनकुमारी राई लगाएत रहेका छन् । लायन्स क्लब अन्तर्राष्ट्रियका डिष्ट्रिक गर्भनर अनन्त राज भेटवालले नवनिर्वाचित कार्यसमितीलाई सपथ ग्रहण गराउनु भयो ।

2 4
क्लबले सोही दिन लियो क्लब अफ धरान वुढासुब्बाको नयाँ अध्यक्षमा सुसन निरौला र उनको टिमलाई समेत पदस्थापना गराइगो । उक्त समारोहमा ५जना वृद्धवृद्धालाई समेत खाद्यपदार्थ , दोसल्ला र कम्बल वितरण गरियो । समारोहमा लाइन्सका लिडरहरु राजन खत्री, टंक श्रेष्ठ, लिला ढुंगेल, सुनिल भक्त श्रेष्ठ, रेवत बहादुर कार्की लगाएतको उपस्थिती रहेको थियो ।