धरान : बराह वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पुनः मानबहादुर दियाली विश्वकर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ ।बराहको शनिबार सम्पन्न नवौं बार्षिक साधारणसभाले दियालीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षतामा विष्णुमाया लामिछाने बिक चयन भएकी छिन् भने सदस्यहरुमा गंगाबहादुर कालिकाटे, विष्णुकुमारी ताम्राकार, अम्बरबहादुर बिक, फुलमाया राई र शुभराज खाँती चयन भएका छन् । बन्दसत्रमा अधिवक्ता अबइन्द्र निरौला, दधिराम ढुङगाना र चन्द्र हलवाई सम्मिलित ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । सोही साधारणसभाले तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति पनि चयन गरेको छ । लेखाको संयोजकमा सुदिन ल्वागुन र सदस्यमा शर्मिला ताम्राकार, कुमार दुतराज चयन भएका छन् ।

1 7

एक करोड बढी मुनाफा
बराह सहकारीलाई आर्थिक बर्ष २०७४/०७५ मा एक करोड बढी खुद मुनाफा भएको छ । संस्थाका अध्यक्ष मानबहादुर दियाली विश्वकर्माका अनुसार उक्त आर्थिक बर्षमा १ करोड ७ लाख २९ हजार ७ सय ९३ रुपैया खुद मुनाफा भएको हो । हालसम्म बराह सहकारीको सेयर सदस्यहरु १ हजार ६ सय १८ जनाबाट २०७५ असार मसान्तसम्म सेयर रकम ३ करोड ९ लाख ८४ हजार ५ सय संकलन भएको पनि विश्वकर्माले जानकारी दिए । हालसम्म ८३ करोड ५० लाख ६४ हजार ३ सय ८१ रुपैया निक्षेप संकलन भएकोमा ६९ करोड ५८ लाख ७४ हजार १ सय ३५ रुपैया निक्षेप फिर्ता भएको छ । संस्थाले २०७५ असार मसान्तसम्म २७ करोड ३४ लाख ८६ हजार ३ सय ७७ रुपैया ऋण लगानी गरेको पनि जनाएको छ । आर्थिक बर्ष २०७४/०७५ मा १५ प्रतिशतले लाभांश बाड्ने बराहले साधारणसभामा जानकारी दिएको छ ।

3 1