धरानः वडा दशैंको घटस्थापनाको दिन बुधबार धरानको विजयपुर क्षेत्रमा वृहत सरसफाई कार्यक्रम आयोजना भएको छ ।
सेवक अभियानको संयोजनमा भएको सरसफाई कार्यक्रममा धरानका विभिन्न संघसंस्था, जनप्रतिनिधि, स्वास्थ्यककर्मी र सुरक्षाकर्मीहरु पनि सहभागीता जनाएका थिए । सरसफाई अभियानलाई धरान उपमहानगरपालिका, वडा नं १४ कार्यालय, बराह ज्वेलरी इष्डष्ट्रिज प्रालि र कपुरी न्युजको सहयोग रहेको थियो । सरसफाई अभियानको उद्घाटन प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले सेवकका अभियन्ता राजिव हलवाईलाई झाडु हस्तान्तरण गरेर भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै सभामुख भण्डारीले स्वास्थ्य, स्वच्छ प्रदेशको अभियानलाई यस्तो कार्यक्रमहरुले सफल बनाउने धारणा व्यक्त गरे । सामाजिक अभियानहरुले समाजमा चेतना फैलाउने काम गर्ने भन्दै सभामुख भण्डारीले सबैको साथ, सहयोग हुनुपर्ने पनि बताए । कार्यक्रममा प्रदेश सांसदद्धय उमिता बराइली र चन्द्रप्रसाद श्रेष्ठ पनि सहभागी थिए ।

1 13

धरान वडा नं १ सिंहदेवीचोकबाट सरसफाई कार्यक्रम शुरु भएको थियो । चोकबाट दुई धारे हुदै सफाई अभियानका टोली दुई समुहमा बाडिएर दन्तकाली मन्दिरतर्फ र विजयपुर चोकतर्फ सफाई गर्दै गएको थियो । बिहान ७ बजेदेखि शुरु भएको सफाई अभियान ९ बजेसम्म चलेको थियो । सफाई कार्यक्रम सिंहदेवी चोक, दुई धारे, दन्तकाली, विजयपुर चोक हुदै बुढासुब्बा मन्दिरसम्म पुगेको थियो । सेवक अभियानका संयोजक हलवाईले चाडपर्वलाई लक्षित गरेर धार्मिकस्थलहरुमा सफाई कार्यक्रम गरिएको बताए । उनका अनुसार सफाई कार्यक्रममा विजयपुर टोल सुधार समिति, धरान रन, श्याम चोक आमा समुह, सशस्त्र प्रहरी, विजयपुरस्थित प्रहरी विटलगायत डेढ सयको संख्यामा सहभागी थिए । सेवक अभियानले विगत ४ बर्षदेखि घटस्थापनाको दिन वृहत सफाई कार्यक्रम गर्दै आएको छ ।

 

sasai, 2 14 safaie safaii safaiii safai,