धरान: नाइट लाइफ र पर्यटकीयस्थलकोरुपमा चर्चित धरान १५ स्थित बगरकोटमा हालसम्मकै ठुलो लगानीमा एमएच होटल एण्ड बिबिक्यु हाउस सञ्चालनमा आएको छ ।

करिब डेढ करोड लगानीमा रिनोभेसन भएको एमएच बिबिक्युको आइतबार धरान उपमहानगरपालिका पर्यटन वोर्डका सहसंयोजक किशोर थुलुङ्ग र होटलका सञ्चालक जीवन मेन्याङ्गवो लिम्वुले संयुतmरुपमा उद्घाटन गरेका थिए । उद्घाटन पश्चात एमएचको आफ्नै हलमा दशै, तिहार र छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रम पनि आयोजना भएको थियो । करिव १२ वर्ष अघिदेखि शुरु गरिएको एमएच होटलमा सञ्चालकले थप लगानी गरेर नयाँ स्वरुपमा सञ्चानमा ल्याएका हुन् । समयको माग अनुसार व्यावसायलाई आधुनिकरण गरेर थप लगानीका साथ होटल सञ्चालनमा ल्याएको लिम्वुले बताए ।

aaUntitled-1 copy 1

होटलमा ग्राहकको मनोरञ्जनको लागि हरेक दिन लाइभ म्युजिक र डिजे सेसन समेत रहेको उनले बताए । अनुभवी र तालिम प्राप्त कुकबाट बनाइएको राई र लिम्बु जातिको जातीय परिकार, इन्डियन परिकार र सबै प्रकारको सेकुवाको स्वाद लिन पाइने संचालक लिम्वुले जानकारी दिए । करिव तिन कट्ठा आफनै जग्गामा खोलिएको होटलमा पार्किङ्ग सुविधा समेत रहेको छ । ग्राहकको सुविधाका लागि वाइफाई फ्री, जन्मदिन, वैवाहिक वर्षगाठ मनाउने ग्राहकलाई निःशुल्क केक उपलव्ध गराउने, अन्य पार्टी, भोजको लागि क्याटेरिङ्गको व्यावस्था समेत रहेको सञ्चालकले बताए ।

कार्यक्रममा विशेष अतिथी लेखक तथा अग्रज पत्रकार जनकऋषि राई, नेपाल पत्रकार महासंघ, सुनसरी उपाध्यक्ष सन्तोष काप्mले, पे्रस संगठन नेपालका केन्द्रिय सदस्य, वगरकोट व्यवसायी संघका सचिव शुक्र लिम्वुले सुभकामना मन्तव्य दिएका थिए । होटल उदघाटनको अवसरमा आईतबारदेखि एक सातासम्म १० प्रतिशतले छुटको व्यवस्था रहेको पनि सञ्चालक मेन्याङ्बोले जानकारी दिए ।

Untitled-1 oocopy

Untitled-1v copy