इटहरी :  वडा दशैको समयमा प्रदेश १ को बिभिन्न जिल्लाहरूमा सवारी दुर्घटना हुदाँ १० जनाले ज्यान गुमाएका छन भने ३८ जना घाइते भएका छन् ।  प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको बिवरण अनुसार बिभिन्न १४ वटा जिल्लामा ४१ वटा साना तथा ठुला सवारीसाधनहरू दुघर्टना भएको छ । सोही दुर्घटनामा परी १० जनाले ज्यान गुमाउनुका साथै ३८ जना घाइते भएका छन् । प्रहरी बिवरण अनुसार दशैको बेला सबै भन्दा बढी क्षति मोरङ जिल्लामा भएको छ । जहाँ १९ वटा दुर्घटना हुदाँ ५ जनाले ज्यान गुमाएका छन ।  त्यसैगरी झापामा २, उदयपुरमा २ र पाँचथरमा १ जनाले ज्यान गुमाएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दशैको बेला मादक पदार्थ सेवन गरेर अत्यधिक गतिमा सवारी चलाउँदा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए ।  शैको शुरूवात घटस्थापनादेखि ५ गते सोमबारका दिनसम्ममा प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले अत्याधिक मादकपदार्थ सेवन गरेर सवारी चलाउने ६ हजार १ सय ५० सवारी चालकलाई कारबाही गरेको छ । कारबाही स्वरुप ३६ लाख ३४ हजार रुपैँया राजश्व असुली भएको पनि प्रहरीले जनाएको छ ।