धरान: तीब्र गतिमा गुडेको कार कोशी राजमार्गको धरान इटहरी सडक खण्डअन्र्तगत सेउती पुलनजिक दुर्घटनाग्रस्त हुुदा २ जना घाइते भएका छन् ।
घाइते दुवैको उपचार विराटनगरस्थित न्युरो हस्पिटलमा भइरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । धरानबाट इटहरीतर्फ जादै गरेको कार दुर्घटना भएको थियो । शनिबार राती करिब ११ बजेर ५५ मिनेट जादा बा १६ च १५१९ नम्बरको कार दुर्घटनाग्रस्त भएको ट्राफिक सई एकराज खड्काले जानकारी दिए ।

उनका अनुसार कार चालक विराटनगर १० का ३६ बर्षीय दिकी जावेद र ४० बर्षीय नवराज गिरी सामान्य घाइते छन् । ‘कार घटनास्थलमा नै छ, तीब्र गतिमा अनियन्त्रित भई सडकबाट पल्टिको छ,’सई खड्काले भने,‘घाइते दुवैको विराटनगर न्युरोमा भइरहेको छ ।’